काठमाडौं– सिद्धार्थ ईन्स्योरेन्स तथा सिप्रदि ट्रेडिङ्ग प्रा.लि.बीच सम्झौता भएको छ । सम्झौतापत्रमा ईन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा र सिप्रद्धि ट्रेडिङ्ग प्रा.लि.का तर्फवाट भाईस प्रेसिडेण्ट सौरभ राज थपलियाले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार वीमितलाई नगदरहित सवारीसाधन मर्मतसम्भार गर्न पाइनेछ । साथै सिप्रदि ट्रेडिङ्गले बिक्रि गरेको र सिद्धार्थ ईन्स्योरेन्समा बीमा भएका सवारी साधनहरू क्षति भई मर्मत गर्नु परेमा सिप्रदि ट्रेडिङ्ग प्रा.लि.को नेपाल भरीका कुनै पनि आधिकारीक वर्कशपमा मर्मत सम्भार गर्दा वीमितहरूले वीमालेखको रक्षावरणसम्मको रकम वर्कशपलाई सिद्धार्थ ईन्स्योरेन्सवाट भुक्तानी हुनेछ ।