काठमाडौं– कामना सेवा बैंकले ग्राहकको सुविधा र हितलाई ध्यानमा राख्दै बीमा सुविधा सहितको स्वर्णिम सुरक्षित प्लस बचत खाता सञ्चालनमा ल्याएको छ । यसप्रकारको खाता खोल्ने ग्राहकले एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा रु. ७ लाखसम्मको दुर्घटना बीमा र रु १ लाख सम्मको औषधीउपचार बीमा सुविधा समेतप्रदान गरिने जनाएको छ । बैंकले हाल आफ्ना ११८ वटा शाखा तथा ६२ एटीएममार्फत् बैंकिङ सेवा दिँदै आएको छ ।