कैलाली– टिकापुर नगरपालिका–५ प्रेमनगर बस्ने १७ वर्षीय अमृत चौधरीको सोही ठाउँस्थित कर्णाली नदीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो डुबेर मृत्यु भएको छ ।
उक्त नदीमा डुबेर उनी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी र प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले आफन्तहरुको सहयोगमा खोजी गर्ने क्रममा सोही ठाउँ दौलतपुरस्थित नदीको किनारमा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८० १२:१८