नवलपरासी (पूर्व)(प्रस)–कावासोती नगरपालिका–८ पूर्वपश्चिम राजमार्गबाट नियन्त्रित लागूऔषध फेनरागन ५० एम्पुल, डाईजेपाम ५० एम्पुल र आई.पि.पि.एल.५० एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु.२ ख ३०२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार काठमाडौं महानगरपालिका–२३ बस्ने रवि राई र दोलखा भिमेश्वर नगरपालिका–११ बस्ने सुमन सुबेदीको साथमा उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
नवलपरासी (पूर्व), कावासोती नगरपालिका–१६ चालिसकिलो जंगलस्थित पूर्वपश्चिम राजमार्गबाट नियन्त्रित लागूऔषध फेनरागन ३ सय २८ एम्पुल, डाईजेपाम ३ सय २८ एम्पुल र नोर्फन ३ सय २८ एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.४६ प ३४८७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार काठमाडौं महानगरपालिका–२३ बस्ने ३० वर्षीय दिपक थापा र चितवन भरतपुर महानगरपालिका–४ बस्ने ३० वर्षीय कृष्ण कडेललाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६ ०९:०४