काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका श्रीमान् बालकृष्ण खाणलाई सांसद मञ्जु खाणले भेटेकी छन् । उनले हिरासतमा रहेका श्रीमान खाणलाई सोमबार बिहान टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर भेटेकी हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएका पूर्वगृहमन्त्री समेत रहेका कांग्रेस नेता खाण वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका थिए ।
यस प्रकरणमा मञ्जु खाण पनि मुछिएपनि उनी पक्राउ परेकी छैनन् । फरार रहँदै आएकी भनिएकी मञ्जु जेठ ४ गते प्रतिनिधिसभाको बैठकमा समेत उपस्थित भएकी थिइन् ।
यस प्रकरणमा प्रहरीले आज सरकारी वकिलको कार्यालयमा शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहे छ । शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८० १०:३१