सप्तरी – सप्तरीमा घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा एक युवकको शव फेला परेको हो ।
सोमबार बिहान युवकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।
युवकको परिचय खुल्न नसकेको र घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८० १२:०३