काठमाडौं– मधेस सरकारको नेतृत्व गरेका जनता समाजवादी पार्टी नेपाल ( जसपा) ले एकलौटी गरेको भन्दै मधेस सरकारबाट माओवादी केन्द्रले सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
माओवादीबाट मन्त्री रहेकी सुनिता यादवले पार्टी सरकारबाट बाहिरिने बताएकी हुन् ।
उनले भनिन्, ‘सरकारको नेतृत्व गरेको दल जसपाले कुनै पनि निर्णय गर्दा एकलौटी गरिरहेको छ, गठबन्धन दलसँग कुनै पनि सल्लाह हुने गरेको छैन । जे मन लाग्यो त्यही गर्ने प्रवृत्तिका कारण त्यहाँ बस्नुको औचित्य रहँदैन ।’
यसबारेमा गठबन्धनमा रहेका अन्य दलहरु लोकतान्त्रिक समाजवादी पार्टी, जनमतलगायतका दलहरूसँग माओवादी केन्द्रले छलफल गरिरहेको समेत उनले बताइन् ।
मुख्यमन्त्री सरोज यादवले मन्त्रिपरिषद् विस्तार गर्दा गठबन्धन दलसँग कुनै पनि छलफल नगरेको र एकलौटी रूपमा मन्त्रालय बाँडफाँट गरेको आरोप लागेको छ । जनमतका मन्त्रीले त सम्हाल्दै आएको मन्त्रालयनै खोसिएको छ । यस्तै लोसपाले पनि भागबण्डामा चित्त बुझाएको छैन ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० १३:३३