काठमाडौं– प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।
मंगलबार जनता समाजवादी पार्टी (जसपा) का वीरेन्द्र कुमार महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारीलाई शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसअनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेर कार्यभार तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मंगलबार जसपाबाटै थप एक मन्त्री थपिएपछि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० १४:२९