जनकपुरधाम – मधेस प्रदेशका नवजियुक्त तीन मन्त्रीले शपथ लिएका लिएका छन् । जसपा नेतृत्वको मधेस प्रदेश मन्त्रिपरिषद् विस्तार भएसँगै तीन मन्त्रीले शपथ लिएका हुन् ।
माओवादी केन्द्रसहितका दलको असन्तुष्टिका बीच मुख्यमन्त्री सरोज यादवले नेपाली कांग्रेसका दुई र नेकपा एकीकृत समाजवादीका एकजनालाई मन्त्री नियुक्त गर्दै प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रीका रूपमा कृष्णा प्रसाद यादव र स्वास्थ्य मन्त्रीको रूपमा विरेन्द्र प्रसाद सिंहले शपथ लिएका छन् । यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रूपमा नेकपा एसबाट गोबिन्द बहादुर न्योपानेले शपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेस भवनमा शपथ गराएका हुन् ।
यसैबीच मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले भने मन्त्रीलाई फिर्ता बोलाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० १५:५९