नारायणगढ - बजेट अभावले अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र सम्पन्न हुन सकेकाे छैन । बजेट अभावका कारण काम पूरा हुन नसक्दा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र सम्पन्न हुन नसकेकाे हाे ।
प्रदर्शनी केन्द्रको चितवन उद्योग सङ्घले विसं २०७३ असार ३१ गते नेपाल सरकारसँग जग्गा भाडामा लिई निर्माण सुरु गरेको थियो ।
उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार उनान्तीस वर्षलाई सरकारलाई वार्षिक रु सात लाख भाडा तिर्ने गरी सङ्घले जग्गा लिएको हो ।
दुई बिघा सात कठ्ठा क्षेत्रफलमा निर्माण गरिएकोे प्रदर्शनीस्थलमा अहिलेसम्म रु २७ करोड ७७ लाख ९१ हजार आठ सय ३९ खर्च भइसकेको छ ।
विगत एक वर्षअघि माछापुच्छ्रे बैंकबाट रु तीन करोड ऋण लिएर निर्माणको काम गरिएको र निर्माणका क्रममा रु ४३ लाखभन्दा बढी निर्माण व्यवसायीलाई ऋण तिर्न बाँकी रहेको अध्यक्ष कँडेलले बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० १७:१०