एजेन्सी– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले विश्वले अर्को महामारीको लागि तयार रहनुपर्नै चेतावनी दिएका छन् । जुन कोभिड–१९ महामारी भन्दा पनि घातक हुन सक्ने बताएका छन् ।
उनले भने, ‘ बिरामी र मृत्युको नयाँ सर्जनहरू निम्त्याउने अझ घातक सम्भाव्यताको रोगजनक उदाउँने खतरा बाँकी छ। ’
७६ औँ विश्व स्वास्थ्य सम्मेलनमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै डब्लूएचओका प्रमुखले यस्तो बताएका हुन् ।
विश्वव्यापी संयन्त्रको आवश्यकतालाई जोड दिँदै सबै प्रकारका आपतकालिनहरूलाई सम्बोधन गर्ने प्रतिक्रिया उनले दिए ।
जब अर्को महामारीले दस्तक दिन्छ , र यो हुनेछ हामी निर्णायक, सामूहिक र न्यायसंगत जवाफ दिन तयार हुनुपर्छ, उनले भने ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० १०:५६