काठमाडौं – संसारको सबैभन्दा पुरानो कुकुरको रूपमा घोषणा गरेको ३१ औँ जन्मदिन धुमधामसँग मनाइएको छ ।
सन् १९९२को मे ९ तारिखमा जन्मिएको बोबी(bobi)नामक कुकुरको ३१ औँ जन्मदिन उनको मालिकहरुले धुमधामसँग मनाइएका हुन् ।
पोर्चुगलको लेइरियाको कन्क्वेरोसको ग्रामीण गाउँमा कोस्टा परिवारसँग हुर्र्किएको बोबी नामक कुकुरलाई गिनिज वल्र्ड रेकड्र्सले सबैभन्दा धेरै उमेर भएको र हालसम्म बाँचेको कुकुरको रूपमा घोषणा गरेको हो ।
यसभन्दा पहिले दुई हप्ताअघि स्पाइकलाई संसारको सबैभन्दा पुरानो कुकुरको रूपमा घोषणा गरिएको थियो ।बोबीका मालिक लियोनेलका अनुसार पशुपालनमा बोबी शुद्ध संरक्षक कुकुरह?मा पर्ने प्रजातिको राफेइरो डो एलेन्तेजो जात हो, जसको औसत आयु १२ देखि १४ वर्ष हुन्छ ।
पोर्चुगिज कुकुरले करिब शताब्दी पुरानो कीर्तिमान तोडेको छ । पहिलेको सबैभन्दा पुरानो कुकुर, Bluey (1910-1939), एक अस्ट्रेलियाली कुकुर थियो जो २९ वर्ष छ महिनाको उमेरसम्म बाँचेको थियो।
सन् १९९२ मा बोबीलाईVeterinário do Município de Leiria Leiria को नगरपालिकाको पशु चिकित्सा सेवामा दर्ता गरिएको थियो, जसले बोबीको जन्म मिति पुष्टि गरेको छ । पोर्तुगाली सरकारद्वारा अधिकृत र SNMV (Sindicato Nacional dos Médicos Veterinários; National Union of Veterinaris) द्वारा प्रबन्धित पाल्तु जनावर डाटाबेसमा बोबीको उमेर पनि क्क्ष्ब्ऋ द्वारा प्रमाणित गरिएको छ ।
लियोनेलका अनुसार बोबी यति लामो समयसम्म बाँच्नुको रहस्यमा शान्तिमय वातावरणमा बोबी बसोबास गरेकोले हो । बोबीलाई कहिल्यै साङ्लोले नबाँधिएका उनी बताउँछन् । बोबी कोस्टा परिवारको घर वरपरको जङ्गल र खेतबारीमा सधैं खुल्ला रुपमा घुमफिर गर्ने गरेको उनले बताए । लियोनेलले बोबीलाई धेरै मिलनसार भनेर वर्णन गरेका छन् किनभने बोबीसँग अन्य पशुसँगै हुर्किएकाे हाे ।
धेरै उमेर भएकाले हाल बोबी हिँड्न गाह्रो भएकाले आफ्नो समय घरको आँगनमा आफ्ना चारजना साथीहरूसँग बिताउँने गरेको लियोनेल बताउँछन् । अहिले बोबीको दृष्टि पनि बिग्रिएको छ ।प्रायः हिँड्दा ठक्कर खाने गरेकाे लियोनेलले बताए । लियोनेलका अनुसार आफ्नो आहारको लागि बोबीले सधैं मानव खाना खाएको छ ।बोबीले धेरै पानी पनि पिउने गरेको छ । आफ्नाे करेसा बारीकाे ताजा खानेकुरा मात्र खाने गरेकाे उनी बताउँछन् ।
बोबीकी आमा गिरा १८ वर्षको उमेरसम्म बाँचेको र उनीहरूको अर्को कुकुर चिकोट २२ वर्षसम्म बाँचेको लियोनेलले बताए ।बोबीको ३१ औं जन्मदिनमा सम्पूर्ण गाउँले मिलेर नाचगानका साथ उत्सव मनाएका थिए ।