एजेन्सी– युक्रेनकी मोडल इलोना चेरनोबाई हालै दक्षिणी फ्रान्सको कान्समा भएको ७६औँ कान्स फिल्म फेस्टिभलको रातो कार्पेटबाट निकालिएकी छन् । इलोनाले आफनो शरिरमा नक्कली रगत खन्याएर युक्रेनको समर्थनमा विरोध प्रदर्शन गरेको भन्दै कान्सबाट आउट भएकी हुन् ।
कान्सले यस वर्षको महोत्सवमा कुनै पनि प्रकारको विरोध प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो। एक विज्ञप्ति जारि गर्दै कान्सले युक्रेनमा रूसको आक्रमणको कारण, सन् २०२२ कान्स महोत्सवमा रूसी प्रतिनिधिहरूलाई प्रतिबन्ध लगाएको थियो। विज्ञप्ति भनिएको थियो, हामी आधिकारिक रुसी प्रतिनिधिमण्डललाई स्वागत गर्दैनौं र रूसी सरकारसँग सम्बन्धित कसैको उपस्थिति स्वीकार गर्दैनौं।’
मोडल इलोना , फिल्म एसिडको छायांकन अघि कान्सको रेड कार्पेटमा सहभागी जनाउन आएकी थिईन्। उनले युक्रेनी झण्डाको रंगको नीलो र पहेँलो पोशाक लगाएकी थिइन्। उनी रेड कार्पेमा पुग्ने बित्तिकै आफ्नो लुगा मुनिबाट नक्कली रगतको झोला निकालेर आफैंमा खन्याएकी थिईन। त्यसपछि, उनलाई सुरक्षाकर्मीले हिरासतमा लिएको थियो। चेर्नोबाईको विरोध उनको देश युक्रेनको समर्थनमा रहेको भने बुझिन्छ ।
इलोनाले कान्स उनले गरेको विरोधको व्याख्या गरेकी छन् । उनले इन्सटाग्राममा लेखेकी छन् “७६ औँ कान्स फिल्म फेस्टिभलको रातो कार्पेटमा, म हाम्रो झण्डाको रंगको लुगा लगाएर बाहिर निस्केँ र आफूलाई रातो रंग खन्याएँ। मैले मेरो मौकाको सदुपयोग गरें र यो कार्यको साथ मैले युक्रेनमा के भइरहेको छ भनेर सम्झाएँ ।
चेर्नोबाईले थप लेखेकी छन् , म इन्स्टाग्राम उक्त्त घटनाहरूका तस्बिरहरू पोस्ट गर्न सक्दिन किनकि कान्सले सबै प्रमान नष्ट गरिसकेको छ । उनले आफ्नो पेज डिलिट हुने खतरा रहेको पनि बताएकी छिन् ।उनले थप लेखेकी छन्, ‘मैले गरेको विरोध विश्व मिडियामा फैलिएकोमा म धेरै खुसी छु, मानिसहरूले हामीलाई बिर्सनु हुँदैन । म मेरो हृदयमा युक्रेनको साथ छु। मैले जे गर्नुपर्ने थियो त्यही गरेँ ।’
उनले कान्स र अन्य धेरै कार्यक्रमहरूमा प्रतिबन्धित भएको समेत बताएकी छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० १३:०२