काठमाडौं — माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । यहि फागुन ३ गते देखि ७ गतेसम्म त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा हुनेभएको छ । उक्त प्रतियोगितामा विभिन्न २३ टोलीले सहभागिता जनाउने छन् । माछापुच्छ्रे बैंक र एसएस इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराईएको हो ।
उक्तपत्रकार सम्मेलनमा बोल्दै माछापुच्छ्रे बैंक लि. का प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य जस्तै रहेको बताउदै माछापुच्छ्रे बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरूको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्यजनर गर्दै बैंकले यो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए । एसएस इभेन्ट्स प्रालिको आयोजना तथा माछापुच्छ्रे बैंक लि.को मुख्य प्रायोजनमा आयोजना हुने उक्त प्रतियोगितामा सर्वोत्कृष्ठ हुने खेलाडीले यमाहाको तर्फबाट एफजेड भीबाईक प्राप्तगर्नेछन् । प्रतियोगिता ५ ओभरको हुनेछ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडी, ब्याट्सम्यान, बलर, फिल्डर, विकेट किपरसहित सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कृत गरिनेछ ।