काठमाडौं — कुमारी बैंक लिमिटेडले फूड फर लाईफ नेपाल नामक एक गैरसरकारी, परोपकारी संस्थालाई नगद सहयोग गरेको छ । उक्त संस्थाले न्यून आम्दानीका बालबालिकालाई विद्यालयमा निःशुल्क भोजनको प्रावधान पुर्याउँदै आएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले फूड फर लाईफ नेपालकी अपरेशन प्रमुख अपरा थापा भट्टराईलाई एक समारोहबीच नगद पाँच लाख रकम बराबरको चेक हस्तान्तरण गरे । पर्याप्त पोषणको कमीमा बालबालिकाको शैक्षिक नतिजा एवं समग्र विकासमा पर्न जाने नकारात्मक असरलाई कम गर्नेे उद्देश्यले बैंकले सो सहयोग पुर्याएको जनाइएको छ ।
बैंकले १२६ शाखा संजाल, ११७ एटिएम्, ६ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरू मार्फतसेवा दिँदै आएको जनाएको छ ।