काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै ‘सिद्घार्थ सपरच्युनीटि’ विशेष छुट योजना सार्वजनिक गरेको छ । फागुन १ देखि सुरु भएको योजनामा दराजमा कार्डमार्फत् सामान खरिद गर्दा हरेक आइतबार १५ प्रतिशत वा अधिकतम पाँच सय रूपैयाँसम्म, पहिलो दुई पटक रु १,०००।– वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा रु ५००।– क्यास ब्याक र पहिलो दुई पटक रु १,०००।– वा सो भन्दा बढि रकमको पीओएस मेसिनमार्फत् कारोबार गर्दा रु ३८२।– रूपैयाँ क्यास ब्याक पाउने जस्ता आकर्षक छुट भएको जनाइएको छ । यस्ता छुट र क्यास ब्याक अफर योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जानका लागि सहज र आकर्षित हुने बैंकले जनाएको छ ।