काठमाडौं – सनराइज बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले क्युएफएक्स सिनेमासँग सम्झौता गरेको छ । सम्झौताअनुसार क्युएफएक्स सिनेमासँगको सहकार्यमा बैंकले ‘सनराइज पपकर्न मेनिया’ नामक योजना सार्वजनिक गरेको हो ।
सम्झौतापत्रमा सोमबार आयोजित एक कार्यक्रमबीच बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र टिम क्वेस्ट प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । तीन महिनासम्मको लागि सञ्चालन गरिने योजनामा सन्राइज बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि क्युएफएक्स सिनेमामा टिकट खरिद गर्ने दर्शकले एउटा पपकर्न निःशुल्क पाउने जानकारी दिइएको छ । प्रति कारोबार अधिकतम पाँचवटासम्म पपकर्न निःशुल्क प्राप्त गर्न सकिने बैकले जनाएको छ ।
डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरूको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट झुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सन्राइज बैंकले विभिन्न व्यापारिक प्रतिष्ठानहरू, होटल, अस्पताल लगायतको क्षेत्रसँग समन्वय गरी विभिन्न किसिमका छुट योजना, क्यासब्याक योजना लगायतका अन्य आकर्षक योजना ल्याउँदै आएको जनाएको छ ।