काठमाडौं - सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्शले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीका लागि सात दिने निःशुल्क आईटी वर्कशप आयोजना गर्ने भएको छ ।
सूचना प्रविधि विषयमा रुचि राख्ने विद्यार्थीलाई लक्षित गर्दै कलेजले असार १४ देखि २० गतेसम्म वर्कशप गर्न लागेको हो ।
आईटीका लागि मात्र नभई अन्य जुनसुकै क्षेत्रमा काम गर्न सहयोग सिद्ध हुने गरी वर्कशप गर्न लागेको कलेज प्रमुख प्रमोद पौडेलले जानकारी दिए ।
उनका अनुसार वर्कशपको सात दिनसम्म सूचना प्रविधिसँग सम्बन्धित विभिन्न फरक विषयवस्तुमा प्रशिक्षण दिइने छ । इच्छुक विद्यार्थीहरूले वर्कशपमा सहभागी हुन नाम दर्ता गर्नुपर्ने छ ।
नाम दर्ता गर्न : https://docs.google.com/forms/d/e/1FAIpQLSe5rKT35g3BUN-ydUmjFVrGzv2GBmJ_4f8SA_g2psU4iF9Xiw/viewform
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८० १६:४३