काठमाडौं - ‘आइएमई पे’ ले केटिएम बबल टिसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
आइएमई पे ले केटीएम बबल टि सँग गरेको सम्झौता अन्तर्गत आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२% छुट दिने भएको हो ।
उक्त अफर साउन १६ सम्म मात्र लागु हुने आइएमईले जनाएकाे छ ।
केही समय यता विभिन्न व्यवसाय सँग सम्झौता गर्दै आइएमई पे ले क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८० १६:५८