नेपालगन्ज । भाद्र १३ गते ।
स्थानीय तहको विकासका लागि सूचनाको हक अपरीहार्य भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर–४ नरैनापुरमा मंगलबार सम्पन्न स्थानीय विकासमा पारदर्शिता अभिबृद्धिका लागि सूचनाको हक संजाल निर्माण र परिचालन विषयक अभिमुखिकरण कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
यूएनडिपीको सहयोगमा बास नेपालगन्जद्धारा संचालीत सामाजिक सदभाव तथा सामुदायिक सुदृढिकरण परियोजना अन्तरगत सम्पन्न भएका सो अभिमुखिकरण कार्यक्रमका सहभाभागिहरुले सूचनाको हक नागरिकहरुको नसर्गिक अधिकार भएको कुरा ाजनकारी भएको बताए ।
अभिमुखिकरण कार्यक्रमका सहभागि आरति रैदासले स्थानीय विकासमा पारदर्शिता र सुशासन कायम गर्नका लागि सुचनाको हकको प्रयोग महत्वपुर्ण भएको बताइन । स्थानीय स्तरमा हुने विकास निर्माणको विषयमा नागरिकहरुले सूचनाको हकको प्रयोग गरि जानकारी लिनुपर्ने रैदासले बताइन । कार्यक्रमका अर्का सहभागि अरुण कुमार श्रीवास्तवले स्थानीय विकासमा हुने अनियमितता र भ्रष्टाचारलाई रोक्न र सुशासन कायम गर्न यस्ता किसिमका कार्यक्रमको महत्व रहेको बताए ।
बासका बाँके शाखा सदस्य मकबुल अहमद मुकेरीले संचालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक शम्भु शाहीले सूचनाको हकका विभिन्न बिषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा जन प्रतिनिधी, बडा नागरिक मन्च, नागरिक सचेतना केन्द्रका पदाधीकारीहरु, युवा क्लब, राजनितिक दलका प्रतिनिधि, सामुदायिक वनका प्रतिनीधि, महिला समुहका प्रतिनिधीहरु लगायत गरी ५० बढिको सहभागीता रहेको थियो । कार्यक्रम पछि सूचनाको हकका लागि स्थानीय सञ्जाल गठन गरिएको छ । गठित संजालको संयोजकमा अञ्जली शर्मा र सह संयोजकमा अम्बरलाल यादब चयन भएको कार्यक्रम संयोजन शाहीले जानकारी गराएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४ ११:२२