पेरिस– फ्रान्समा मुख्यालय रहेको विश्वप्रसिद्ध हवाईजहाज निर्माता कम्पनी एयरबसले सन् २०१९ मा आफ्नो खूद घाटा एक अर्ब ३६ करोड युरो पुगेको बिहीबार जनाएको छ ।
घुसखोरी काण्ड बापत भुक्तानी गर्नुपरेको तीन अर्ब ६० करोड युरो जरिवाना तथा ए४००एम मोडेलको नयाँ विमान निर्माणमा भएको अतिरिक्त लगानीका कारण कम्पनीले ठूलो नोक्सानी व्यहोर्नु परेको हो । कम्पनीले आफ्नो सञ्चालन खर्चमा भने करिब सात अर्ब युरो नाफा भएको जनाएको छ ।
सन् २०१९ मा ८६३ वटा बिमान बिक्री गरेको एयरबस कम्पनीले सन् २०२० मा भने करिब ८८० वटा व्यावसायिक बिमान बिक्री गर्ने योजना बनाएको छ । ‘हामीले सन् २०१९ मा राम्रै प्रगति गरेका हौं । हामीले व्यावसायिक बिमान निर्माणका क्षेत्रमा उल्लेखनीय कार्य गरेका छौँ र ग्राहकको विश्वास जित्न सफल भएका छौँ ।’
एयरबसका प्रमुख कार्यकारी अधिकृत गिलम फरीले बताए । एयसबसले बिमान बिक्री गर्ने सन्दर्भमा भएको भ्रष्टाचारको छानबिन टुङ्ग्याउन बेलायत, फ्रान्स र संयुक्तराज्य अमेरिकालाई तीन अर्ब ६० करोड युरो भुक्तानी गर्न सहमति जनाएको छ । (रासस÷एएफपी)