काठमाडौं– नेपाली फिल्म ‘माया के होला’ बन्ने भएको छ । यो फिल्मको बिहीबार एक कार्यक्रमबीच रकहाउस क्याफे रातोपुलमा शुभमुहूर्त गरिएको छ ।
अर्नभ फिल्म प्रोडक्शन प्रालि र ईन्द्रेणी सिने ईन्टरटेन्मेन्ट प्रालिको संयुक्त प्रस्तुति रहने ‘माया के होला’को नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्कालगायतको आतिथ्यमा मुर्हुत गरिएकाृ थियो । त्रिकोणात्मक प्रेमप्रति समर्पण, रोमाञ्चित प्रेमकथामा आधारित एक्शनप्रधान फिल्म भनिएको ‘माया के होला’को निर्देशन ईन्द्र कार्कीले गर्दैछन् । फिल्ममा मुख्य सहनिर्देशक जीवन गौतम, निर्माता किरण कार्की, लक्ष्मी नेपाल र सिता वस्नेत रहेका छन् ।
यही फागुन दोस्रो साताबाट फ्लोरमा जाने भनिएको फिल्ममा सोनाम थापा, अर्जुन गुरुङ, मेनुका गिरी, बिरु नेपाल, फरिता खड्का, चेतन अर्याल, मदन सेन्चुरी, रमन राई, सुरज खनाल, छायाँ श्रेष्ठ र बालकलाकार रोनिश पाण्डेको अभिनय रहने भएको छ । फिल्ममा द्वन्द्व निर्देशन सुरज श्रेष्ठ, नृत्य हरिशा खनाल, क्यामरामा रामेश्वर हुमागाइँ रहने बताइएको छ ।