काठमाडौं– काठमाडौंबाट भारतको बैंग्लोरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज पुनः त्रिभुवन विमान स्थल फर्किएको छ ।
जहाजमा चरा ठोक्किएको आंशकामा विमानलाई नेपाल फर्कइएको हो । विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमानले सकुशल अवतरण गरेको छ ।
जहाजमा यतिबेला समस्याबारे जाँच भइरहेको छ । विमानमा १५६ जना यात्रु सवार रहेका थिए ।
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८० १५:२७