काठमाडौं– जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिबारे छलफल हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण वस्नेतले बताए । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा असार ९ गते बस्ने तय भएको छ ।
जसपाले दुई मन्त्रालय लिएर केन्द्र सरकारमा सहभागी भएको छ भने मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा पनि छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० १२:४८