काठमाडौं– मेलम्ची खोलामा दुई वर्षपछि पक्की पुल बनाउन सुरु गरिएको छ । विसं २०७८ सालमा आएको बाढीले मेलम्चीबाट नवलपुर हुँदै सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारा जोड्ने पक्की पुल बगाएको थियो ।
यो पुल नबन्दा जिल्लाका मेलम्ची नगरपालिका, इन्द्रावती र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका स्थानीयवासीले वर्षामा आवतजावतका लागि कठिनाइ भोग्ने गरेका छन् ।
तस्बिर : पूर्णप्रसाद मिश्र / रासस
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० १२:३९