काठमाडौं– प्रेस सेन्टर नेपालको उपत्यका प्रदेशलाई उत्कृष्ट प्रदेशको सम्मान गरिएको छ ।
प्रेस सेन्टर नेपालको १९ औँ वार्षिक साधारणसभा तथा २१ औँ कृष्ण सेन –‘इच्छुक’ स्मृति दिवसका अवसरमा ‘प्रेस सेन्टर नेपाल’ उपत्यका प्रदेशलाई सम्मान गरिएको हो ।
कार्यक्रम काठमाडौंको शंखरापुर नगरपालिका साँखुमा यहि जेठ १२ र १४ गते सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा (माओवादी )केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आयोजक उपत्यका प्रदेशलाई उत्कृष्ट प्रदेशको रुपमा उपत्यका प्रदेश समितिका अध्यक्ष नवराज दाहाललाई सम्मानपत्र प्रदान गरेका हुन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० १३:१२