चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा जलकुम्भी फुलेर ढकमक्क भएको छ ।
जलकुम्भी फुलेसँगै यहाँ हेर्न फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भिड बढेको छ ।
पहिले फाट्टफुट्ट आउने आन्तरिक पर्यटक अहिले दिनमै सयौँको सङ्ख्यामा आउन थालेका छन् ।
जलकुम्भीले आन्तरिक पर्यटकको चहलपहल बढाउनुका साथै संरक्षणकर्मीलाई जलकुम्भीका कारण ताल सुक्दै जान थालेकोमा चिन्ता बढेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० १३:३८