काठमाडौं-अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ अर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।
अर्थमन्त्रीले सार्वजनिक गरेको बजेट अनुसार अन्तर सरकारी वित्तीय हस्तान्तरणमा ४ खर्ब ८ करोड ७० लाख रूपैयाँ विनियोजन गरिएको छ ।
जुन ७ वटा प्रदेश र ७ सय ५३ वटा स्थानीय तहमा जाने छ । स्थानीय तहलाई २ खर्ब ९५ अबै २ करोड, २ लाख र प्रदेशलाई १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख हस्तान्तरण हुनेछ ।
सबैभन्दा धेरै गाउँपालिकालाई गएको छ । ४ सय ६० गाउँपालिकालाई सरकारले १ खर्ब ४३ अर्ब ६ करोड ३९ लाख वित्तीय हस्तान्तरण गरेको हो ।
गाउँपालिकालाई समानीकरण अनुदान ४३ अर्ब ६५ करोड १० लाख, सशर्त अनदान ९० अर्ब ८४ करोड ६२ लाख, विशेष अनुदान ४ अर्ब ६५ करोड ३४ लाख गरी र समपुरक ३ अर्ब ९१ करोड ३३ लाख गरी १ खर्ब ४३ अर्ब ६ करोड हस्तान्तरण भएको हो ।
Fiscal-Transfer-2080