काठमाडौं - ‘आइएमई पे’ र अरोगीन हेल्थ केयरबीचसम्झौता सम्पन्न भएको छ ।‘आइएमई पे’ र अरोगीन हेल्थ केयरबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको हाे।
सम्झौता अनुसार, अब अरोगीन हेल्थ केयरमा आइएमई पेमार्फत भुक्त्तानी गर्दा ४५% सम्म छुट प्राप्त सकिने छ।
सम्झौता पत्रमा अरोगीन हेल्थ केयरको तर्फबाट जानुका विष्ट र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट माधव कटुवालले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अन्तर्गत अरोगीन हेल्थ केयरको विभिन्न सेवा सुविधा प्रयोग गरी आइएमई पे मार्फत भुक्त्तानी गर्दा सुविधाबमोजिम ५% देखि ४५% सम्म छुट प्रदान गरिने छ। सो छुट सिमित सेवालाई मात्र लागु हुनेछ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० १६:४३