विराटनगर– जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ ।
बाहिरिएसँगै जसपाले प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिंदै मन्त्रीलाई फिर्ता बोलाइएको जसपा नेता रकम चेमजोङले जानकारी दिए ।
‘यो सरकारले निकास दिएन, समस्यामात्र बल्झाउने काम गर्यो । नामकरणमा पनि समस्या ल्यायो,’ उनले भने, ‘त्यसैले यो सरकारमा बसिरहन आवश्यक छैन भन्ने निष्कर्ष निकालिएको हो ।’
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० १२:२८