काठमाडौं - ‘आइएमई पे’ र निसर्ग अस्पतालबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । ‘आइएमई पे’ र निसर्ग अस्पतालबीच भएकाे सम्झौताबाट २५ % सम्मकाे छुट एक वर्षका लागि ग्राहकहरुले पाउने भएका हुन् ।
सम्झौता पत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थ राज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले २५ % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौता अन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा सुविधा बमोजिम ५% देखि २५% सम्म छुट प्रदान गरिने छ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० १३:५०