पोखरा– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पोखरामा सिसिटिभी जडानका लागि नगद सहयोग गरेको छ । बैंकले सिसिटिभीका लागि उपभोक्ता समितिलाई रू ७५,०००।– को नगद सहयोग उपलब्ध गराएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीमा आयोजित एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र आर्थिक कारोबार हुने व्यवसायीको सुरक्षाका लागि पोखरा महानगरपालिकाको पालीकाचोक देखि राष्ट्रबैंक चोकसम्म समितिले सिसिटिभी जडान गर्ने योजनाका लागि उक्त सहयोग गरेको बैंकले जनाएको छ । शान्ति सुरक्षा कायम गरी अपराध मुक्त समाजको निर्माण गर्नुका साथ–साथै अपराध अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकृत तथा जवानलाई थप हौसला प्रदान गर्नेे विश्वास बैंकले लिएको जनाइएको छ । बैंकले हाल ८९ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखारहित बैंकिङ्ग इकाइबाट बैंकिङ सेवा दिँदै आइरहेको छ ।