नेपालगन्ज - समाबेशि ईंग्लिश हाई स्कुलमा अध्ययनरत कक्षा ९ र १० का बिद्यार्थीहरुलाई वातावरण संरक्षण सम्बन्धि अभिमुखिकरण दिईएको छ। नेपालगन्ज उपमहानगरको समन्वयय र नेपालगन्ज युथ सेन्टरको सहयोगमा एक दिने सरसफाइ र संरक्षण सम्बन्धि अभिमुखिकरण प्रदान गरिएको हो । नेपालगन्ज उपमहानगरका बाताबरण ईन्जिनियर प्रकाश डि.सिले सहजिकरण गर्दै बाताबरण प्रदुषणको कारण र जलबायु परिबर्तनले पार्ने असरका बारेमा जानकारी दिएका थिए। सो अभिमुखिकरण कार्यक्रममा बिधालयका अभिभावक पवन जैसवालले यस्ता कार्यक्रमले बिद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभर्इ ब्यबहारिक ज्ञान हुने बताए । यसैगरी नेपालगन्ज युथ सेन्टरका संयोजक गजे थापाले बाताबरण प्रदुषणले संरक्षणका लागि अभिमुखिकरणबाट टेवा पुग्ने बताए । कार्यक्रमको अध्यक्षता नेपालगन्ज युथ सेन्टरका अध्यक्ष बेन्जामिन श्रेष्ठले गरेका थिए । यस्ता कार्यक्रमले विद्यार्थी हरुलाई बाताबरण प्रदुषणका साथै जलबायु संरक्षण सम्बन्धि ज्ञान् दिने काम भएको बिधालयका प्रधानाध्यापक हेमन्त राज काफले ले जानकारी दिए। अभिमुखिकरणमा ६३ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।