दाेलखा - राजनीतिक चेतनाले नै महिला हिंसा अन्त्य र महिला मुक्तिको लागि ठुलो टेवा पुर्याएको नेपाली कांग्रेसकी नेत्री सुनिता नेपालीले बताएकी छन् ।
हाल गौरीशंकर गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट संयोजकका रुपमा रहेकी नेत्री सुनिता नेपालीले उत्पिडनमा परेका हरेक महिलाको मुक्ति नै राजनीतिक चेतना कै कारण भएको बताएकी हुन् ।
गौरीशंकर गाउँपालिका - ७ मार्बुमा नेपाली काङ्ग्रेसको वडा सम्मेलनको क्रममा सो कुरा बताएकी हुन। २०५२साल देखि ६२/६३ सालसम्मको जनयुद्ध र माओवादी आन्दोलनमा आफ्नो मुक्तिका खातिर र परिवर्तनको लडाइमा आफ्नो ज्यानको आहुती दिन समेत तयार भएको महिलाहरु त्यही जनयुद्ध ल्याएको परिवर्तनले आफ्नो अधिकार निम्ति लड्न सक्षम स्मरण गराइन्।
राजनीतिक गर्ने महिलाहरुले आरक्षण र कोटाको मूल्य चुक्ता गर्दा आफ्नो राजनीतिक सोच र चेतनालाई समेत सङ्कुचित
बनाएको बताएकी छन्। महिलाले राजनीतिक गर्दा खुल्लाबाट चुनाव लड्ने परिपाटीको विकास गर्न नितान्त आवश्यक रहेको र खुल्ला बिचारको विकास हुने उनको भनाइ छ।
विभिन्न पेशा व्यवसाय र तहमा रहेका महिलाहरुलाई राजनीतिमा जोड्नकै लागि आफू नेपाली कांग्रेसबाट गौरीशंकर गाउँपालिकाको सम्मेलन संयोजकको जिम्मेवारी लिएर आएको र आफू सामान्य परिवारमा जन्मिए हुर्किए पनि राजनीतिक प्रभावकै कारण चुला चौकामा मात्र सिमित नरही समाजमा केही चेतनात्मक सकारात्मक र रचनात्मक कार्यमा समेत सहकार्य गर्ने अवसर मिलेको उनको भनाइ छ।
सोही सम्मेलनको अबसरमा गौरीशंकर गाउपालिकाकाे दलित महिला र पिछडिएको वर्गको समस्याको राजनीति तवरबाट नै समाधान गर्ने र विभेद रहित र सभ्य समाजको निर्माण गर्न आफुले स्थानीय तहका जनप्रतिनिधिहरुसँग सहकार्य गरेर उल्लेखिय भुमिका खेल्ने नेत्री नेपालीको भनाइ छ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८० १३:१५