काठमाडौं– बिहेको प्रस्ताव अस्वीकार गर्दा कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या भएको छ ।
बाणगंगा नगरपालिका–६, मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी २२ वर्षीया अन्जनी थारुको चक्कु प्रहार गरी हत्या गरिएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताए ।
रुपन्देहीको कञ्चनका २२ वर्षीय मोहन थारुले विहेको प्रस्ताव अस्वीकार गर्दा अन्जनी र बमबहादुरमाथि चक्कु प्रहार गरेको प्रहरी नायब उपरीक्षक घलेले बताए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । बमबहादुरको जीतपुरमा र अन्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक घलेले बताए । प्रहरीका अनुसार मोहन थारु र अन्जनी थारु पछिल्लो २ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
मोहनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक घलेले बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८० १३:०९