काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग–२०७६ को उपाधि पहिलो पटक मच्छिन्द्र क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा ‘अनलक्की’ आर्मीले आत्मघाती गोल गरेपछि मच्छिन्द्र च्याम्पियन बनेको हो । विस २०६० सालमा पहिलो पटक ‘ए’ डिभिजन लिगमा उक्लिएको मछिन्द्रले १६ वर्षपछि लिगको उपाधि जितेको हो ।
आर्मी र मच्छिन्द्रको अन्तिम खेल नै लिगको उपाधिको निर्णायक खेल बनेको उक्त खेलमा उपाधिका लागि आर्मीलाई बराबरी र मच्छिन्द्रलाई जित आवश्यक थियो । त्यसैअनुरूप खेलको ३३ औं मिनेटमा बल क्लियर गर्ने क्रममा आर्मीका विकास तामाङले आप्mनै पोष्टमा गोल गरे । त्यही गोल नै मच्छिन्द्रका लागि इतिहास रच्दै लिगको उपाधिसहित ५० लाख नगद पुरस्कार जित्नका लागि काफी भयो ।
मच्छिन्द्रका रन्जित धिमालले हानेको फ्रि–किकमा विकासले हेड गरेको बल आप्mनै पोष्टमा गोल भएको थियो त्यसपछि आर्मीका विकेश कुथु घाइते भई मैदान बाहिरिइएका थिए । दोस्रो हाफमा मच्छिन्द्रले अग्रता दोब्बर पार्ने मौका गुमायो । ६१ औं मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङले पेनाल्टी बक्स भित्रबाट हानेको बल आर्मीका वैकल्पिक गोलकिपर विश्वास चौधरीले बचाए ।
६७ औं मिनेटमा आर्मीले अवसर सदुपयोग गर्न सकेन । टंक बहादुर बस्नेतको पासमा कप्तान भरतल खवासले पेनाल्टी बक्सबाट गरेको हेडर मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए ।
इन्जुरी टाईमको पहिलो मिनेटमा आर्मीका विकास तामाङको प्रहार मछिन्द्रका विशाल राईले गोललाईनबाट क्लियर गर्दै मच्छिन्द्रको संकट टारेका थिए । ९० दिनको निलम्बन अवधीपछि पहिलोपटक लिगको अन्तिम खेलमा मैदानमा आएका विमल घर्ती मगरले मच्छिन्द्रबाट खेलेका थिए । खेलमा मच्छिन्द्रका आन्द्रेस निया म्यान अफ दि म्याच चुनिए ।
आर्मी दोस्रो पटक उपाधि नजिक पुगेर चुक्यो । यसअघि २०६३ सालमा पनि आर्मी अन्तिम खेलमा नेपाल पुलिससँग अन्तिम खेलमा पराजित हुँदै उपाधिबाट बन्चित भएको थियो । उपविजेता आर्मीले ३५ लाख हात पारेको छ ।
जितसँगै मच्छिन्द्रले १३ खेलमा ३१ अंक जोड्दै उपाधि जितेको हो । गत सिजन खराब प्रदर्शनको कारण १ अंक सुरुवातबाटै घटेको मच्छिन्द्रले १३ खेलमा १० जित, २ बराबरी र १ हारको नतिजा निकाल्यो ।
उपाधि जित्ने क्रममा मच्छिन्द्रले आर्मीलाई २ अंकले पछि पा¥यो । अन्तिम खेलमा चुकेको आर्मीले २९ अंक जोड्यो । आर्मीले ९ जित, २ बराबरी र २ हारको सामना गर्याे । यस्तै लिगमा मनाङ मस्र्याङ्दी क्लब तेस्रो, थ्री–स्टार चौथो, नेपाल पुलिस क्लब पाँचौँ र जावलाखेल युथ क्लब छैटौँ स्थानमा रहे । शीर्ष ६ टोलीले राष्ट्रिय लिग खेल्नेछन् ।