मेक्सिको सिटी–अनाथ बालबालिकालाई राखिएको बालगृहमा भएको आगलागीमा परी हाइटीमा १५ बालबालिकाको मृत्युृ भएको छ । हाइटीको राजधानी पोर्ट औ प्रिन्सनजिकै रहेको बालगृहमा आगलागी भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
मृत्यु भएकामध्ये दुईजना पूर्णरूपमा जलेका छन् । त्यसबाहेक अरू १३ जना भने घरभित्रै थुनिएर श्वासप्रश्वास अवरुद्ध भई मृत्यु भएको छ । घटनामा परी अरू केही घाइते भएका छन् । उनीहरूको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको श्वासप्रश्वासमा समस्या रहेको पाइएको छ ।
आगलागी बालगृहको पहिलो तल्लाबाट शुरु भएको थियो । बालगृहमा ६६ जना बालबालिका रहेको थिए । (रासस÷सिन्ह्वा)