काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बेलायती पाउण्ड एकको खरिद १६३ रुपैयाँ ८१ पैसा र बिक्री दर १६४ रुपैयाँ ५५ पैसा रहेको छ ।
युरो एकको खरिद दर १४० रुपैयाँ ४८ पैसा र बिक्री दर १४१ रुपैयाँ ४४पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ५६ पैसा र बिक्री दर १३२ रुपैयाँ १६ पैसा पुगेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८० ११:१७