नेपालगन्ज । १९ भाद्र ।
नेपालगन्जमा आज सम्पन्न नैतिक शिक्षा र सुशासन बिषयक बक्तृत्वकला प्रतियोगितामा २९ जना प्रतियोगिहरुलाई पछि पार्दै जय बागेश्वरी माबि नेपालगन्जका कमल चौधरी प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।
ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको सहयोगमा बास नेपालगन्जद्धारा आयोजित अन्तर माबि स्तरीय सो बक्तृत्वकला प्रतियोगितामा क्रमशः द्धितिय, तृतीय र सान्त्वना स्थान आदर्श माबि राझाँकि मिनु गुप्ता, बेष्टजोन ईंलिस मिडियम स्कुलका शुभम बस्याल र एलिना कठायत हासिल गर्न सफल भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल प्रतियोगिहरुलाई कार्यक्रमका अतिथि तथा निर्णायकहरुले ट्रफि, पुरस्कार तथा प्रमाणपत्र मार्फत पुरस्कृत गरेका थिए भने सहभागि सबै बिद्यार्थिहरुलाई सहभागिताको प्रमाण पत्र प्रदान गरिएको थियो ।
नेपालगन्ज १ स्थित धम्बोझि माबिमा सम्पन्न प्रतियोगिताको समापन तथा पुरस्कार बितरण कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि तथा धम्बोझि माबि बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष धन बहादुर चन्दले बिद्यार्थिहरुका लागि आयोजना गरिने यस्ता प्रतियोगिताहरुले बिद्यार्थिहरुलाई अतिरिक्त क्रियाकलापमा लाग्न उत्प्रेरीत गर्ने बताए । यस्तै कार्यक्रमका बोल्दै धम्बोझि माबिकी प्रधानाध्यापक किरण आचार्यले सहभागिताले आत्मबल बढाउने भन्दै प्रतियोगितामा सहभागि हुने सबैलाई बधाई ज्ञापन गरिन उनले लडेर अगाडि बढेमा जित सुनिश्चित हुने भन्दै प्रयास निरन्तर जारी राख्न सबै बिद्यार्थीहरुलाई अनुरोध गरिन् । यसैगरी कार्यक्रममा बोल्दै बासका कार्यकारी निर्देशक नमस्कार शाहले अतिरिक्र क्रियाकलापमा हुने सहभागिताले बिद्यार्थिहरुको क्षमतामा निखार आउने बताए । बासले यस्ता क्रियाकलाप आगामि दिनमा समेत गर्दै जाने उनको भनाई थियो ।
नेपालमा राष्ट्रिय सदाचार परियोजनाका कार्यक्रम अधिकृत हेमराज भट्टले सहजिकरण गरेको प्रतियोगितामा निर्णायकको भुमिका नेपाल पत्रकार महासंघ बाँकेका पूर्ब अध्यक्ष रुद्र सुबेदी, शान्ति समिति बाँकेका पूर्ब अध्यक्ष तेज बिक्रम शाह र बासका अध्यक्ष मन भण्डारीले गरेका थिए । प्रतियोगितामा प्रतियोगि बिद्यालयका शिक्षक तथा अन्य बिद्यार्थि गरि ४५ बढीको सहभागिता रहेको थियो भने धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका अध्यक्ष मन भण्डारीले गरेका थिए ।