काठमाडौं–आयुर्वेदिक–जडीबुटी अन्वेषक योगी धर्म महारस ( धर्मराज पौडेल) ले आफूले कोरोना भाईरसको औषधी (आयुर्वेदिक) पत्ता लगाएको बताएका छन् ।
शनिबार पत्रकार सम्मेलन गर्दै उनले आफूले जीवनको ४८ वर्षदेखि आयुर्वेदिक–जडीबुटीसम्बन्धी खोज तथा अनुशन्धान गरेको सुनाए । अहिले चीनबाट विश्वभरि फैलिएको कोरोनाको माहामारी नियन्त्रणको लागि आफूले पत्ता लगाएको आयुर्वेदिक–जडीबुटीले काम गर्ने विश्वास दिलाए ।
उनकाअनुसार कोरोनाको लागि १) श्वासरोगनाशक काँढापानीः लताखएर वा वृक्ष खएर, अरेलु, सतुवा, कुठ वा पदमचाल वा ३–५ पटक पिउनुपर्छ । २) रोगप्रतिरोधात्मक कीटाणु–विषाणुमारक ओखतीः प्रातः ६ बजे र बेलुकी खानाको १ घण्टाअगाडि ६ बजे १÷१ चम्चा खानुपर्छ । ३) श्वासप्रश्वासहर रसादिः खानाको २ घण्टाअगाडि बिहान ७ र बेलुकी ५ बजे नपकाएको गाउँले महसँग खानुपर्छ । ४) रस–रसायन चटनीः बिहान ८ र दिनमा २ बजे अनि बेलुका ८ बजे ३÷३ ग्राम ३ पटक न तातो न चिसो जलसँग चाट्नुपर्छ । दिनभर पानपात वा बालहरितकी वा शुद्ध शोधित त्रिफलारसायन चुसिरहनुपर्छ । ५) भोजन पछि अग्निवर्धकचूर्णः १÷१ चौथाइ खाना वा खाजापछि खानुपर्छ । बिहानै र बेलुकातिर वातावरण शुद्ध गर्न अष्ठधूपको धुपौरो लगाउनुपर्छ । ६) ामसी÷सुगन्धवाल÷सुनपाती÷अदुवा÷हलेदो इत्यादिको अत्तर नाकको प्वालतिर घस्नुपर्छ । ७) श्वासप्रश्वासशामक अर्क वा स्थानीय चरेको गोअर्कः ३० मि.लि. २–३ पटक पिउनुपर्छ । ८) भोक लाग्दा सर्वव्याधिहर जीवनीयतत्वरक्षक एवं प्राणशक्तिवर्धक निर्दोष–अमृतवर्गका पौष्टिकचूर्ण ३–१० ग्राम हिममहसँग खानुपर्छ । भोजन ज्ञान–विज्ञान आयुर्वेदिक पथ्या–अपथ्या वैज्ञानिक खानापिना मिलाउन आवश्यक छ । चिसोपानी र ठण्डा खानापिना वर्जित छ । ९) तातोपानी र मनमनतातोपानी यथासम्भव अक्सिजनवाहक जडीबुटी क्वाथ वा बरपिपलसहितको महाकटु वा त्रिकटुक्वाथ २ पटक १÷१ गिलास पिउनुपर्छ । प्राकृतिक कानुन–नियमसँग रही अनुशासनको दिनचर्या गरी यथाशीघ्र सञ्चो हुनुपर्छ । जे खान्छौ त्यो औषधीय होस् रोग घट्दै जावोस्, खानासाथ लाभ मिलोस् । खाएर पिएको ओखतीले छिटो काम नगर्ने र हानीसमेत गर्नेसँग सावधानी अपनाउन जरूरी छ । स्वस्थ प्राकृतिक जीवनशैली र आयुर्वेदीयपद्धति नै मानवस्वास्थ्यकल्याणकारी सर्वजनप्रिय विषय हो ।
ऋषिमुनि सेवाश्रमका संस्थापक अध्यक्ष समेत रहेका योगी धर्म महारसले ८ हजार जडीबुटीका संग्रह रहेका तीन हजार ६० पृष्ठको ‘महारस निघन्टु’ पुस्तक समेत बजारमा ल्याईएको जानकारी दिए । उनले कोरोनाबाट बच्नको लागि वनेलु कन्दमूल, जैविक–अर्गानिक खाद्य, खस्रो गहुँ र कोदो मिसिएको पिठोको रोटी, सिप्लीकान र चिनीयासाग, भृङ्गराजसाग, असुरोको पुष्प, वंशलोचन, रक्तअनार, रक्तपलासपुष्प, पान, कोदो र सिस्नुको पातलो खोले, हरियो चोपिलोरस आउने विभिन्न आलो साग, दूधमा बेसार राखी पिउने, लालीगुराँस फूल इत्यादि खानुपर्ने सुझाव दिए ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६ ०८:०६