काठमाडाैं - विश्व वातावरण दिवसमा सिटिजन्स बैंकले ‘वृह्त वृक्षारोपण’ सम्पन्न गरेकाे छ । ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबारको दिन शान्तिनगर, काठमाडौंमा वृह्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हाे ।
द रिभोलुसन प्रोजेक्टसंगको सहकार्यमा विश्व वातावरण दिवस २०२३ को दिन वृह्त वृक्षारोपण कार्यक्रम शान्तिनगर वडा नम्बर ९मा करिव २५० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका विभिन्न स्थानहरुमा स्वास्थ्य शिविर संचालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेकाे छ ।
हाल देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ७२ हजार ग्राहकवर्गलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवाहरु प्रदान गर्दै आईरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनाएकाे छ ।