काठमाडौं– डिप ट्युवेलबाट पानी आएपछि भरतपुर महानगरपालिका– २७ बुद्धनगर (मेघौली) का किसान खुशी भएका छन् ।
रुखो र सुख्खा जमिनका रुपमा चिनिने यस क्षेत्रमा खडेरीमा पनि सिँचाइ भएपछि यहाँका किसान अहिले खुशी छन् ।
चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले चितवनमा ३६० स्थानमा स्यालो ट्युवेल र ५२ वटा डिप ट्युवेल स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
तस्बिर : सनद अधिकारी/रासस
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १५:२८