काठमाडौं– राष्ट्रिय सभाको बैठक सरेको छ । आज मंगलबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक बुधवार बस्नेगरी दिन र समय परिवर्तन भएको हो ।
आजका लागि बोलाएको बैठकको दिन र समय परिवर्तन भएको संसद सचिवालयले मंगलबार सूचना जारी गरेर जनाएको छ ।
मंगलबार बिहान ११ बजेर ११ मिनेटका लागि तय भएको बैठक बुधवार ११ बजेर ११ मिनेटमा बस्नेगरी दिन र समय परिवर्तन भएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जनाएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० ११:०४