काठमाडौं– कपिलवस्तु, बुद्धभूमि नगरपालिका–८ बनकट्टी हरिहरपुर बस्ने देवदास भरकी छोरी १२ वर्षीया कल्पना भरको सोही नगरपालिका–४ गेलवारस्थित गुडरुङ खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित मामाघर आएकी उनी पौडी खेल्ने क्रममा डुबेर अशक्त भएको र जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
सिरहा, लाहान नगरपालिका– ११ पडरिया बस्ने अनिल कुमार चौधरीको १८ वर्षीय छोरा निखिल चौधरीको सोही ठाउँस्थित पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।