फिजी– फिजीका प्रधानमन्त्री सिटिभेनी रबुका २५ वर्षपछि पहिलो औपचारिक भ्रमणका लागि सोमबार न्युजिल्यान्ड आएका छन्। ‘प्रधानमन्त्री रबुकाले २५ वर्षअघि सन् १९९८ मा न्युजिल्यान्डको भ्रमण गर्नु भएको थियो र अहिले हामी उहाँलाई पुनः यहाँ स्वागत गर्न तत्पर छौं,’ न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिप्किन्सल भने।
न्युजिल्यान्ड र फिजीबीच जलवायु परिवर्तन जस्ता पारस्परिक हितका क्षेत्रमा घनिष्ट सहयोग आदानप्रदान र आर्थिक रूपमा समृद्ध प्रशान्त क्षेत्रको सुनिश्चितताका निम्ति दीर्घकालीनरूपमा कार्यगत सम्बन्ध रहेको हिप्किन्सले बताएको छ ।
न्युजिल्याण्डमा रहँदा रबुकाले अकल्याण्ड र वेलिङ्ग्टनमा द्विपक्षीय बैठकहरू र राष्ट्रिय युद्ध स्मारक र प्यासिफिक वार मेमोरियलको औपचारिक भ्रमण गर्नु हुनेछ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० ११:४१