काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ईसेवा मनि ट्रान्सफर प्रालिबीच सम्झौता भएको छ । विप्रेषण रकम भुक्तानी दिने सम्बन्धमा गरिएको सम्झौता अब ईसेवा मनि ट्रान्सफरमार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभर रहेको ८९ वटा शाखाहरूबाट सहजरूपमा भुक्तानी पाउन सकिने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले देशैभरका ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईबाट सेवा दिँदै आएको छ । विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरू प्निउपलब्ध गराउँदै आएको प्रवक्ता उमंग शर्माले बताए ।