नेपालगन्ज । भाद्र २२ ।
नरैनापुर गाँउपालिकाको शैक्षिक सुशासन पहिलो प्रथमिकता रहेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताएका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहयोगमा बास नेपालगन्जद्धारा आज नरैनापुर गाँउपालिकामा आयोजित समन्वय बैठकमा उनले यस्तो बताएका हुन । गाँउपालिकामा सबै भन्दा बढी शैक्षिक क्षेत्रमा समस्या रहेकाले सो समस्या समाधान पहिलो प्रथमिकता रहेको उनको भनाई थियो । यसैगरी सुशासन र पारदर्शिताका लागि बजेट बिनियोजन गर्ने अध्यक्ष शाहले प्रतिबद्धता गरे । बैठकमा गाँउपालिकालाई सुशासन र पारदर्शि बनाउन गाँउपालिका र मातहतका सबै वडाहरुमा दुई हप्ता भित्र सुचना अधिकारी तोक्ने, गाँउपालिका भित्र संचालन हुने योजनाहरुको पारदर्शिताका लागि अनिवार्य सूचना बोर्ड राख्ने, गाँउपालिकाले आफ्ना निति तथा कार्यक्रमलाई आम नागरिक सम्म पु¥याउन सार्वजनिक सुनुवाई र सामाजिक परिक्षणका कार्यक्रमलाई नियमितता दिने, सार्वजनिक महत्वका सुचनाहरु नियमित रुपमा प्रवाह गर्ने प्रतिबद्धता गरिएको छ । कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिकाका नासु मोहम्मद स्माईल खाँले गाँउपालिकाले पारदर्शिता र सुशासनको क्षेत्रलाई महत्वका साथ अगाडि बढाएको बताए । बैठकको शुरुवातमा बासले गरिरहेका क्रियाकलापहरुको बारेमा बासका कार्यक्रम अधिकृत हेमराज भट्टले जानकारी गराएका थिए । उनले गाँउपालिकाले सुशासन तथा पारदर्शिता अभिबृद्धिका लागि गर्न सक्ने कार्यहरुको बारेमा जानकारी गराउदै सेसन छलफलमा लगेका थिए । त्यस पश्चात भएको छलफलमा नरैनापुर गाँउपालिलाई सुशासन मैत्री बनाउन सबै लागि पर्नेमा जोड दिएका थिए । बास नरैनापुर गाँउपालिका समन्वय समितिका कोषाध्यक्ष मकबुल अहमद मुकेरीले संचालन गरेको बैठकमा स्वागत बासका कार्यक्रम सहायक खेम बिष्टले गरेका थिए । बैठकमा २० जनाको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ २२, २०७४ १३:२५