काठमाडौं — फुडमाण्डु प्रालि नेपालको सबैभन्दा ठूलो फुड डेलिभरी प्लेटफर्मले नेपालमा आधारित निजी लगानी फण्ड संस्था टिम भेन्चर्सबाट दोस्रो चरणको लगानी हासिल गरेको छ । सन् २०१० मा आईटि व्यवसायी मनोहर अधिकारीले स्थापना गरेको फुडमाण्डुको फुड डेलिभरी व्यवसाय सन् २०१५ को भुकम्प पश्चातपनि ससक्त हुँदै सन् २०१६ मा ट्रू नर्थ एसोसिएसन (टिएनए) बाट शुरुवाती चरणको लगानी प्राप्त गरेको थियो । फुडमाण्डुले हाल काठमाडौं उपत्यकाभित्र मात्र ५०० भन्दा बढि रेष्टुरेन्टहरूबाट २०० जना राइडरको सहयोगबाट फुड डेलिभरी सेवा दिईरहेको छ । यसबाहेक कम्पनीले ताजा तरकारीहरू, पेय पदार्थहरू र केकहरू फार्मर्स मार्केट्स, थोक बिक्रेताहरू र प्रमुख होटलहरूबाट समेत डेलिभरी गरिरहेको छ । फुडमाण्डुका चिफ टेक्नोलोजी अफिसर समेत रहेका अधिकारीले भने, ‘हामी संस्थागत लगानीकर्ताहरूले गरेको हामीमाथि गरेको विश्वासले अझ उत्साहित बनाएको छ, हालै सुरक्षित गरिएको फण्ड विशेषगरि भौगोलिकरूपमा बिस्तार गर्न उपयोग गरिनेछ ।’ हालै सम्पन्न भएको अनलाइन फुड फेस्टिवलमा राखिएको अग्मेन्टेड रियालिटी फीचरले हाम्रा ग्राहकहरूबाट अथाह प्रतिकृयाहरू प्राप्त भएको छ र यसले नेपाली व्यवसायमा नयाँ प्रवृत्तिलाई कायम गरेको छ ।