एजेन्सी– अमेरिकी गायक साम स्मिथले हालसालै आफ्नो भोकल कर्डको चोटको बारेमा बाएका छन्। उनले आफ्ना फ्यानहरूसँग आफ्नो भोकल कर्ड समस्याहरूको कारण गत महिना म्यानचेस्टरमा अप्रत्याशित रूपमा एक कार्यक्रमबाट बाहिर निस्किनु परेको बताएका छन् ।
स्मिथले भोकल कर्डको चोटका कारण गत महिना आफ्नो म्यानचेस्टर शो बीचमा रोकेका थिए। आफ्नो इन्स्टाग्राममा अनहोली गायकले एक भिडियो साझा गरे जहाँ उनले भनेका छन्, म आज भर्खरै डाक्टरहरूबाट फर्केको छु। यो वास्तवमै सकारात्मक समाचार हो। मेरो भोकल कर्डहरू निको हुँदैछन्, र एक हप्ताको भोकल आराम पछि,राम्रो हुदैँछ । उनले थपे, म बाँकी कार्यक्रमहरूको लागि ठीक हुनेछु, र यो साँच्चै अचम्मको समाचार हो ।
स्मिथ यस वर्ष मे २४ मा म्यानचेस्टरको एओ एरिनामा चारवटा गीत गाएर आफ्नो गिगबाट बाहिरिएका थिए। साम स्मिथले आफ्ना फ्यानसँग माफी मागेका छन्
पोष्टमा साम स्मिथले म्यानचेस्टर, बर्मिंघम र ग्लासगोमा रद्द कार्यक्रमहरूको लागि टिकटहरू किनेका प्रशंसकहरूसँग माफी समेत मागेका छन्। गायकले आफ्ना फ्यानहरूलाई पनि ठूलो सहयोगको लागि धन्यवाद पनि दिए।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० ०५:३७