काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी क्षेत्रको समस्या छिट्टै समाधान हुने र सहकारी अभियानले पुनजीवन पाउने बताएका छन् ।
बुधबार आयोजित सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा भएको ‘सहकारी समस्या र सामाधानका उपाय’ विषयक अन्तक्रिया कार्यक्रममा सचिव रेग्मीले साझा प्रतिबद्वताबाट समस्याको समाधान गर्न सकिने बताएका हुन् ।
उनले भने, “यी समस्याहरु समाधान हुन्छन । सहकारी क्षेत्रले फेरि पुनजीवन पाउछ । यसका लागि हामी सबैमा साझा प्रतिवद्वताको आवश्यकता छ । ” सिंगो सहकारी नभएर निश्चित सहकारी संस्थामा मात्र समस्या देखिएको भन्दै उहाँले अनुशासन सुदृढीकरण पहिलो आवश्यकता भएको बताए ।
“सम्पुर्ण सहकारी क्षेत्र समस्याग्रस्त बनेको हैन । सबै सहकारी अभियन्ता भागेका हैनन् । सबै बचकर्ताको बचत समस्यामा परेको हैन । केहिको परेको छ”, उनले भने, “ हामीले अनावश्यक रुपमा भित्राएको केहि सहकारी संस्थाको अनुशासनहिनताका कारणले ती निश्चित सहकारीमा समस्या आयो । त्यसमा पनि सहरी क्षेत्रका केहि बचत तथा त्रृण सहकारीमा समस्या आएका हुन । तर जनताले सिंगो सहकारी अभियान र बोर्डमाथि प्रश्न उठाउदै छन् ।”
सचिव रेग्मीले आन्तिरीक सुशासनमा कमीकमजोरी हटाउन अभियन्ता र सहकारी संस्थाहरु प्रयत्नसिल हुनुपर्नेमा उहाँले जोड दिए । उनले सहकारी क्षेत्रका लागि पुरक कानून निर्माण मन्त्रालयले पहल गर्ने बताउदै सहकारी अभियानमा गलत प्रवृति भित्राउनेलाई संरक्षण नगर्ने महासंघलाई आग्रह समेत गरे ।
अन्र्तक्रिया कार्यक्रममा सहकारी विभागका रजिस्ट्रार नवराज घिमिरेले सचिव रेग्मीसँग सहमत हुदै सहकारी छिट्टै ‘रिकभर’ हुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अब सहकारी रिकभरीको बाटोमा जान्छ, डाउनफल सकियो । ” रजिस्ट्रार घिमिरेले सहकारी संञ्चालकबाट पहिला बचतकर्ताको रकम फिर्ता गराएर घरजग्गामा लगानी गर्ने सहकारीलाई कारवाही गर्ने बताए ।
विभागको जिम्मेवारीमा सिमित सहकारी संस्था मात्र हुदा नियमनमा समस्या हुने उहाँले गुनासो गर्नुभयो, “ देशभर ३० हजार सहकारीहरुले वित्तिय कारोबार गरिरहेका छन । विभाग अन्र्तगत एक सय २५ वटा सहकारीको मात्र जिम्मेवारी पाएका छौ ।”
अन्र्तक्रियाका क्रममा पूर्व सचिव गोपी मैनालीले सहकारी क्षेत्रका सस्थाहरुको नियमनन हुदै नभएको बताए ।
उनले नियमन नभएको र सङ्क्रमणको फाइदा लिने सहकारीका कारण समस्या बढेको बताए । “विशेषत सहर बजारको सहकारी त्यसमा पनि प्रभुत्वशाली नेतृत्व लिएका, राजनैतिक छाता ओडेका सञ्चालकहरुको वित्तिय कारोबार सहरकारीले समस्या खडा गर्न थालेका हुन”, पूर्वसचिव मैनालीले भने ।
अन्र्तक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले निश्चित सहकारीमा समस्यामा आएको बताए। उनले भने, “२५ हजार सहकारीमध्य पाँच सयको हाराहारीका संस्थामा समस्या आएको र बन्दै भएका छन । तर ऐनमा भएका व्यवस्था कार्यान्वयन भइदिएको भए यी समस्याको समाधान हुने थियो ।”
उनले ब्याजदर स्वचालित बनाउनुपर्ने बताए । उनले सरकारले अहिले सहकारीमा कर बढाएर २० प्रतिशतसम्म पु¥याएको बताए । उनले १३ बुँदे माग पूरा नभए अझै आन्दोलनमा उत्रन बाध्य हुने समेत बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० ०७:५०